रास्वपा थाहा नगर सभापतिमा जयराम केसी पुनः निर्विरोध

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) थाहा नगर समितिको नेतृत्वमा जयराम केसी पुनः चयन भएका छन्। १४ जेठमा सम्पन्न प्रथम नगर अधिवेशनबाट उनी सभापति पदमा निर्विरोध निर्वाचित भएका हुन्।

अधिवेशनले उपसभापतिमा साकार कार्की, सचिवमा रामशरण गोपाली तथा सहसचिवमा राजन विडारीलाई निर्विरोध चयन गरेको छ। यस्तै नगर सदस्यहरूमा सुक्रराज गोपाली, बुनुमैयाँ थिङ, सानुमैयाँ अधिकारी, विजयकुमार थिङ, माइला गुरुङ, सुवास केसी र कपिल थापा चयन भएका छन्।

नगर समितिका सम्पूर्ण पदाधिकारी र सदस्यहरू सर्वसम्मत रूपमा चयन भएको रास्वपाले जनाएको छ। साथै समितिको सल्लाहकारमा दीपक नेपाली र विकेशबाबु बस्नेत तथा र्‍याट संयोजकमा सुमन विष्ट चयन भएका छन्।

अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन भएसँगै थाहानगरमा रास्वपाले संगठन विस्तार र जनसम्पर्कलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.