आजदेखि हेटौँडा–काठमाडौं सडकखण्डको बागझोरा क्षेत्रमा सवारी आवागमन बन्द

मकवानपुर जिल्ला प्रशासन कार्यालयले  हेटौँडा–काठमाडौं सडकखण्डको बागझोरा क्षेत्रमा सवारी आवागमन अस्थायी रूपमा बन्द गरेको छ।

प्रशासनले जारी गरेको सूचनाअनुसार सडक मर्मत तथा निर्माण कार्यका लागि मकवानपुरको बागझोरा क्षेत्रमा आज (२०८३ जेठ १५ गते) बिहानदेखि अर्को सूचना जारी नभएसम्म सवारी सञ्चालन रोकिएको हो।

जिल्ला प्रशासन कार्यालयले सडक निर्माणको काम सम्पन्न भएपछि मात्र सडक पुनः सञ्चालनमा ल्याइने जनाएको छ। साथै यात्रु, सवारी चालक तथा सरोकारवालालाई वैकल्पिक मार्ग प्रयोग गर्न र आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.