सिस्नेरीमा सुमो र बोलेरो ठोक्किँदा १४ घाइते, ४ जनाको अवस्था गम्भीर

मकवानपुर — मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–३ सिस्नेरीस्थित दक्षिणकाली सडक खण्डमा शनिबार दिउँसो दुई सवारी साधन आपसमा ठोक्किँदा १४ जना घाइते भएका छन्। घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

दिउँसो करिब १२ः३० बजे हेटौंडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना १ ज ७२०७ नम्बरको सुमो र काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको बीएए ९७६८ नम्बरको बोलेरो धारा ढोला (खोल्सा) क्षेत्रमा एक–आपसमा ठोक्किएका थिए।

दुर्घटनापछि प्रहरी चौकी सिस्नेरीबाट खटिएको टोलीले स्थानीयको सहयोगमा घाइतेहरूको उद्धार गरेको थियो। घाइते सबैलाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि काठमाडौंका विभिन्न अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ।

दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। घटनामा संलग्न सुमो चालक काठमाडौं चन्द्रागिरी नगरपालिका–१४ निवासी ४५ वर्षीय मनोज श्रेष्ठलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाइएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.