हेटौंडा । नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिको आयोजनामा मूर्ति निर्माण तालिम कार्यक्रम हुँदैछ । एक महिने मूर्ति निर्माण तालिम कार्यक्रमबाट दक्ष तथा आर्थिक रुपमै बलियो बनाउनको लागि यो कार्यक्रम गरिएको बताएका हुन ।
मूर्ति निर्माण तालिम कार्यक्रममा सातवटा जिल्लाबाट ४० जना लामाहरु सहभागी भएका छन्। तालिम ङ्येमा होयीस्हेर गुम्बा, हेटौंडा उपमहानगरपालिका–१५, मकवानपुरमा भइरहेको छ ।
हैटौंडामा भएको पहिलो पटकको मूर्ति निर्माण तालिमलाई सहभागीहरुले जति सक्दो सदुपयोग गरी व्यवसायीक रुपमा अगाडि बढाउँदै आर्थिक रुपमा आत्मानिर्भर हुन समेत यो तालिमले टेवा पुग्ने समितिले विश्वास लिएको छ। समितिले आयोजना गरेको तालिम एक महिनासम्म सञ्चालन हुने ङ्येमा होयीस्हेर गुम्बाका अध्यक्ष हर्करत्न लामाले बताए ।

प्रतिकृया दिनुहोस्
























