“बागमतीसहित सातै प्रदेशको बजेट आज, विकास योजनाको नयाँ खाका सार्वजनिक हुँदै”

हेटौँडा । बागमती प्रदेशसहित देशका सातै प्रदेश सरकारले आज आगामी आर्थिक वर्ष २०८३/८४ का लागि वार्षिक बजेट सार्वजनिक गर्ने भएका छन्। संवैधानिक व्यवस्थाअनुसार असार १ गतेभित्र बजेट ल्याउनुपर्ने प्रावधानअनुसार प्रदेश सरकारहरू बजेट प्रस्तुतिको अन्तिम तयारीमा जुटेका हुन्।

बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रीले आज दिउँसो ४ बजे बस्ने प्रदेश सभा बैठकमा आगामी वर्षको आय–व्यय विवरण प्रस्तुत गर्ने कार्यतालिका तय भएको छ। बजेटमार्फत पूर्वाधार विकास, कृषि उत्पादन वृद्धि, रोजगारी सिर्जना, शिक्षा, स्वास्थ्य तथा सार्वजनिक सेवा प्रवाहलाई प्राथमिकतामा राखिने अपेक्षा गरिएको छ।

यसअघि बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेश सभाबाट पारित भइसकेको छ। सोही नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्ने आधारका रूपमा बजेट ल्याउन लागिएको हो।

आज मधेश प्रदेशले दिउँसो १ बजे, कर्णाली प्रदेशले ३ बजे तथा कोशी, बागमती र गण्डकी प्रदेशले ४ बजे बजेट प्रस्तुत गर्नेछन्। यस्तै लुम्बिनी र सुदूरपश्चिम प्रदेशले साँझ ५ बजे आफ्नो बजेट सार्वजनिक गर्ने तयारी गरेका छन्।

प्रदेश सरकारहरूले आगामी आर्थिक वर्षका लागि विकास निर्माण, आर्थिक गतिविधि विस्तार तथा नागरिकमुखी कार्यक्रमलाई केन्द्रमा राखेर बजेट ल्याउने तयारी गरेका छन्। बागमती प्रदेशको बजेटलाई विशेष चासोका साथ हेरिएको छ, किनभने प्रदेश राजधानी हेटौँडासहित प्रदेशका विभिन्न जिल्लामा सञ्चालन हुने विकास आयोजनाको दिशा यही बजेटले तय गर्नेछ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.