बागमती प्रदेशको बजेट ६६ अर्ब ९३ करोड, पुँजीगत खर्चमा बढी जोड

मकवानपुर । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ६६ अर्ब ९३ करोड ३३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ।

प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले सोमबार प्रदेश सभामा बजेट प्रस्तुत गर्दै कुल बजेटमध्ये चालु खर्चतर्फ २२ अर्ब ९६ करोड १९ लाख रुपैयाँ (३४.३१ प्रतिशत) र पुँजीगत खर्चतर्फ ४३ अर्ब ९७ करोड १४ लाख रुपैयाँ (६५.६९ प्रतिशत) विनियोजन गरिएको जानकारी दिए।

बजेट कार्यान्वयनका लागि आवश्यक स्रोत व्यवस्थापनतर्फ राजस्व बाँडफाँटबाट प्राप्त हुने रकम ३० अर्ब १५ करोड ६ लाख रुपैयाँ रहने अनुमान गरिएको छ। यस्तै प्रदेशको आन्तरिक तथा अन्य राजस्व स्रोतबाट ७ अर्ब ७३ करोड रुपैयाँ प्राप्त हुने अपेक्षा गरिएको छ।

सङ्घीय सरकारबाट विभिन्न शीर्षकमा प्राप्त हुने अनुदान १५ अर्ब ३१ करोड ४८ लाख रुपैयाँ रहने अनुमान गरिएको छ भने संचित कोष तथा विविध बचतबाट १२ अर्ब ७६ करोड ७९ लाख रुपैयाँ परिचालन गरिनेछ।

बजेटको बाँकी अपुग रकम अन्य संस्था तथा ऋण लगानी फिर्ताबाट प्राप्त हुने ९६ करोड रुपैयाँबाट पूर्ति हुने प्रदेश सरकारले जनाएको छ।

प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमा विकास निर्माण, पूर्वाधार विस्तार तथा उत्पादनमूलक क्षेत्रलाई प्राथमिकतामा राख्दै पुँजीगत खर्चलाई उच्च हिस्सा दिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.