रवि लामिछानेलाई भेट्न नपाएपछि रास्वपा कार्यालयमा दृष्टिविहीनहरूको प्रदर्शन

काठमाडौं । विभिन्न माग राख्दै आन्दोलनरत सडकपेटी आश्रित दृष्टिविहीन नागरिकहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को वनस्थलीस्थित केन्द्रीय कार्यालयमा प्रदर्शन गरेका छन्।

आफ्ना समस्या र मागबारे सभापति रवि लामिछानीलाई प्रत्यक्ष जानकारी गराउन पार्टी कार्यालय पुगेका उनीहरूले लामिछानेलाई भेट्न नपाएपछि नाराबाजी गर्दै विरोध प्रदर्शन गरेका हुन्।

प्रदर्शनका क्रममा केही आन्दोलनकारी सभापतिलाई खोज्दै कार्यालयभित्र प्रवेश गर्न खोजेपछि प्रहरीले उनीहरूलाई रोकेको थियो। त्यसक्रममा केहीबेर तनावसमेत उत्पन्न भएको थियो।

आन्दोलनरत दृष्टिविहीनहरूले सुरक्षाकर्मीले सभापतिसँग भेट गराइदिने आश्वासन दिएर पछि रोक लगाएको आरोप लगाएका छन्। आफूहरूलाई अनावश्यक रूपमा अल्मल्याइएको उनीहरूको गुनासो छ।

उनीहरूले काठमाडौं महानगरपालिकासहित विभिन्न सरकारी निकायले सडकपेटीमा व्यवसाय गर्दै आएका दृष्टिविहीन तथा न्यून दृष्टियुक्त व्यक्तिमाथि बलपूर्वक धरपकड गरेको आरोप लगाएका छन्। जीविकोपार्जनको वैकल्पिक व्यवस्था नगरी सडकमा व्यापार गर्नसमेत नदिँदा आफूहरू थप समस्यामा परेको उनीहरूको भनाइ छ।

सरकारले दृष्टिविहीन नागरिकको गाँस, बास र कपासको सुनिश्चितता गर्नुपर्ने तथा सम्मानपूर्वक रोजगारी वा जीविकोपार्जनको वातावरण सिर्जना गर्नुपर्ने माग उनीहरूले दोहोर्‍याएका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.