दक्षिण कोरिया जाने ईपीएस कामदारको भिसा शुल्क बढ्यो

काठमाडौं । ईपीएसमार्फत रोजगारीका लागि दक्षिण कोरिया जाने नेपाली कामदारको भिसा शुल्क बढेको छ।

वैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस कोरिया शाखाले सूचना जारी गर्दै नयाँ शुल्कदर लागू भएको जानकारी दिएको हो।

नयाँ व्यवस्थाअनुसार अब दक्षिण कोरिया जाने कामदारले ११ हजार ३०० रुपैयाँ भिसा शुल्क तिर्नुपर्नेछ। यसअघि उक्त शुल्क १० हजार ७ सय रुपैयाँ रहेको थियो।

ईपीएस कोरिया शाखाका अनुसार भिसा शुल्क वृद्धि काठमाडौंस्थित कोरियाली दूतावासको निर्णयअनुसार गरिएको हो।

शाखाले भिसा शुल्कको रकम कोष तथा लेखा नियन्त्रण कार्यालय ललितपुरअन्तर्गत रहेको नेपाल बैंकको खातामा जम्मा गर्न सम्बन्धित सेवाग्राहीलाई आग्रह गरेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.