घरमै पसेको हात्तीको आक्रमणमा आमाछोराको मृत्यु

A close-up of the foot of a dead person in a morgue. A blank tag is attached to the toe.

चितवनको भरतपुर महानगरपालिका–२३ बेलहट्टामा जङ्गली हात्तीको आक्रमणबाट एक आमा र उनका चार वर्षीय छोराको ज्यान गएको छ। शनिबार राति आफ्नै घरमा सुतिरहेका बेला हात्तीले घरभित्रै प्रवेश गरी आक्रमण गर्दा २५ वर्षीया आशिका बोटे र उनका छोरा भरत बोटेको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी चन्द्रभूषण यादवका अनुसार हात्तीको आक्रमणपछि आशिकाका श्रीमान् पूर्ण बोटेले हात्तीलाई धपाएर परिवारको ज्यान बचाउने प्रयास गरेका थिए। उनले आगो बालेर हात्ती भगाउन खोज्दा कच्ची घरमा समेत आगलागी भएको थियो।

स्थानीय बासिन्दा र प्रहरीको संयुक्त प्रयासमा आगो नियन्त्रणमा लिइए पनि आमाछोराको ज्यान बचाउन भने सम्भव भएन।

घटनापछि बेलहट्टा क्षेत्रका स्थानीयवासी त्रसित बनेका छन्। रातिको समयमा घरमै पसेर जङ्गली हात्तीले आक्रमण गरेपछि बस्तीको सुरक्षा र मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि प्रभावकारी उपाय अपनाउन स्थानीयले सम्बन्धित निकायसँग माग गरेका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.