कांग्रेसको नयाँ क्रियाशील सदस्यता वितरण साउन ३ सम्म थपियो

काठमाडौं । नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता वितरणको समय आगामी साउन ३ गतेसम्म थप गरेको छ।

महामन्त्री प्रदीप पौडेल नेतृत्वको क्रियाशील सदस्यता व्यवस्थापन समितिको बैठकले सदस्यता वितरणको म्याद थप गर्ने निर्णय गरेको हो। समितिका सदस्य तथा सहमहामन्त्री योगेन्द्र चौधरीका अनुसार महाधिवेशनको तयारीलाई मध्यनजर गर्दै नयाँ सदस्यता वितरणका लागि थप समय दिइएको हो।

यसअघि कांग्रेसले नयाँ क्रियाशील सदस्यता वितरणको अन्तिम मिति असार २० गते तोकेको थियो। पछि समय थप्दै अनलाइनमार्फत पनि नयाँ क्रियाशील सदस्यताका लागि आवेदन दिन सकिने व्यवस्था मिलाइएको छ।

कांग्रेसले आगामी १५औं केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ गतेसम्म गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ। महाधिवेशनको तयारीलाई व्यवस्थित बनाउन सदस्यता वितरण प्रक्रिया पनि निरन्तर अघि बढाइएको पार्टीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.