व्यवसायी दुर्गा प्रसाईं त्रिभुवन विमानस्थलबाट पक्राउ

काठमाडौं – व्यवसायी दुर्गा प्रसाईंलाई आइतबार बिहान प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ।

प्रहरीका अनुसार झापाबाट हवाईमार्ग हुँदै काठमाडौं आएका प्रसाईंलाई विमानस्थलमा ओर्लिनेबित्तिकै नियन्त्रणमा लिइएको हो।

प्रसाईंलाई पक्राउ गर्नुको कारणबारे भने नेपाल प्रहरीले हालसम्म कुनै औपचारिक जानकारी सार्वजनिक गरेको छैन। पक्राउको कारण र उनीमाथिको आरोपबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.