आज संसद्का चार समितिको बैठक, योजना, शिक्षा र मानवअधिकारका विषयमा छलफल

काठमाडौं । संघीय संसदअन्तर्गत आज प्रतिनिधि सभा र राष्ट्रिय सभाका गरी चारवटा समितिको बैठक बस्दैछ। बैठकहरूमा राष्ट्रिय योजना, शिक्षा, विधि विज्ञान, मानवअधिकार तथा मधेश प्रदेशको अनुगमन प्रतिवेदनलगायत विषयमा विस्तृत छलफल हुने कार्यसूची तय गरिएको छ।

बिहान ८ः३० बजे बस्ने प्रतिनिधि सभाको अर्थ समितिको बैठकमा राष्ट्रिय योजना आयोगले आर्थिक वर्ष २०८२/८३ मा सम्पन्न गरेका प्रमुख काम, १६औँ आवधिक योजनाको कार्यान्वयन, मध्यकालीन खर्च संरचनाको प्रगति तथा राष्ट्रिय प्राथमिकताका विकास आयोजनाको अवस्थाबारे समीक्षा गरिनेछ।

दिउँसो १ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथि छलफल हुनेछ। बैठकमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयका मन्त्री र सचिव, कानुन मन्त्रालयका सचिव तथा राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका कार्यकारी निर्देशक एवं विषयविज्ञ डा. गोपालकुमार चौधरी सहभागी हुनेछन्।

उही समयमा बस्ने कानुन, न्याय तथा मानवअधिकार समितिले बाल सुधार गृहमा रहेका बालबालिकाको मानवअधिकार अवस्थासम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिको प्रतिवेदनमाथि छलफल गर्नेछ।

यस्तै, बिहान ११ः३० बजे राष्ट्रिय सभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा मधेश प्रदेशको स्थलगत अनुगमन प्रतिवेदनको मस्यौदामाथि छलफल हुने कार्यसूची रहेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.