कर्रा खोलामा आएको बाढीले खाली ट्रक बगायो, चालक पौडिएर ज्यान जोगाउन सफल

हेटौंडा।  मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१७ हटियास्थित शिवम् सिमेन्ट उद्योग नजिक कर्रा खोलामा आएको बाढीले खाली ट्रक बगाएको छ।

बिहान करिब ७:४५ बजे खोलामा पानीको बहाव बढेपछि ह्युमपाइप राखेर निर्माण गरिएको कल्भर्ट (लच्का) तर्ने क्रममा सिमेन्ट उद्योगबाट ढुंगा अनलोड गरेर फर्किरहेको ना ७ ख ७६५ नम्बरको १२ चक्के आइचर ट्रक बाढीले बगाएको हो।

ट्रकका चालक चितवनको रत्ननगर नगरपालिका–१३ निवासी ३४ वर्षीय दीपक थिङ भने पौडिएर सकुशल ज्यान जोगाउन सफल भएका छन्। उनको खुट्टामा सामान्य चोट लागेको प्रहरीले जनाएको छ।

घटनाको जानकारी प्राप्त हुनासाथ  इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो। घाइते चालकलाई उपचारका लागि चौघडास्थित राजु मेडिकल पठाइएको प्रहरीले जनाएको छ।

घटनामा अन्य कुनै मानवीय क्षति भएको छैन। बाढीले बगाएको ट्रक भने खोलामै रहेको र त्यसलाई निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.