अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारीमा हेटौंडा फुटबल एकेडेमी, मनास्लु कलेजबाट जर्सी हस्तान्तरण

सिक्किमको इन्डिपेन्डेनस डे फुटबलमा सहभागी हुने हेटौंडा फुटबल एकेडेमीको टोलीलाई काठमाडौंको मनास्लु कलेजको जर्सी सहयोग हेटौंडा । छिमेकी मुलुक भारतको सिक्किम प्रदेशमा हरेक वर्ष आयोजना हुने गरेको इन्डिपेन्डेनस डे फुटबल प्रतियोगितामा सहभागी हुने हेटौंडा फुटबल एकेडेमीको टोलीले सहयोग पाएका छन् ।

काठमाडौं महानगरपालिकाको मनास्लु वर्ल्ड कलेजले ८० औं इन्डिपेन्डेन्स डे फुटबल प्रतियोगितामा सहभागी हुने मकवानपुरको हेटौंडा फुटबल एकेडेमीको टोलीलाई झण्डै ३० हजार रुपैयाँ बराबरको आवश्यक जर्सी कट्टु सहयोग गरेको हो । हेटौंडा फुटबल एकेडेमीको खेलाडीहरुका लागि काठमाडौंको मनास्लु वर्ल्ड कलेजका अध्यक्ष गेन्द्र लामाले २० थान जर्सी कट्टु सहयोग गरेको एकेडेमीका फुटबल प्रशिक्षक तथा अध्यक्ष भीम लामाले जानकारी दिएका छन् । प्रतियोगिताको तयारीलाई थप उत्साहपूर्ण बनाउने उद्देश्यले गरिएको सहयोगले खेलाडीहरूको मनोबल बढाउने हेटौंडा फुटबल एकेडेमीका अध्यक्ष भीम लामाले बताए ।

हेटौंडा फुटबल एकेडेमीका प्रशिक्षक भीम लामाका अनुसार मनासलु वर्ल्ड कलेजका अध्यक्ष गेन्द्र लामाले उपलब्ध गराएको जर्सी प्रतियोगितामा सहभागी खेलाडीका लागि ठूलो हौसला बनेको छ । सिक्किममा नेपाली फुटबलको पहिचान स्थापित गर्दै आएको हेटौंडा फुटबल एकेडेमीका लागि मनासलु वर्ल्ड कलेजको यो सहयोग केवल जर्सी सहयोग मात्र होइन, अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा मकवानपुरको प्रतिनिधित्व गर्ने टोलीप्रतिको विश्वास र हौसलाको प्रतीकसमेत बनेको छ-“प्रशिक्षक लामाले” भने । हेटौंडा फुटबल एकेडेमी टोली विगत ३ वर्षदेखि इन्डिपेन्डेनस डे फुटबल प्रतियोगितामा सहभागी हुँदै आएको छन् ।

पहिलो पटक प्रतियोगितामा सहभागी हुँदा उपविजेता बनेको हेटौंडा फुटबल एकेडेमी लगातार दोस्रो र तेस्रो पटक भने विजेता बनेर एक लाख रुपैयाँको नगद पुरस्कार राशि मेडल तथा प्रमाणपात्र जितेको थियो ।

यस वर्ष पनि हेटौंडा फुटबल एकेडेमीको टोली सिक्किमको मुनसोङ, नाम्ची जिल्लाको भाइचिङ्ग भुटियाको फुटबल प्रतियोगिता, पायोङ्ग जिल्लास्थित रम्फोको फुटबल प्रतियोगिता लगायत अन्य विभिन्न प्रतियोगितामा सहभागी हुने प्रशिक्षक भीम लामाले बताए ।

यस अघि पनि हेटौंडा फुटबल एकेडेमीको टोली सिक्किमको थुप्रै इन्डिपेन्डेन्स डे को अवसरमा आयोजना हुने फुटबल प्रतियोगितामा सहभागी भएको थियो । यद्यपि एकेडेमीको टोलीले जित भने मुनसोङको फुटबल प्रतियोगितामा मात्र निकालेको निकाल्दै आएको छ ।

हेटौंडा फुटबल एकेडेमीको टोली फुटबल प्रतियोगितामा सहभागी हुन २० जना खेलाडी, अफिसियल, टिम म्यानेजर र टिम प्रशिक्षकसहित २५ सदस्यको टोली जुलाई ३० अर्थात साउन ३० गतेको दिनमा सिक्किम प्रस्थान हुने हेटौंडा फुटबल एकेडेमीका प्रशिक्षक लामाले बताए । गत वर्ष सिक्किमको मुनसोङ सिनचोन युथ क्लबको आयोजनामा सम्पन्न भएको ७९ औं इन्डिपेन्डेन्स डे फुटबल प्रतियोगिताको फाइनल खेलमा आदर्श युथ क्लब सिङ्तामलाई ४–१ गोलले हराउँदै हेटौंडा फुटबल एकेडेमीले दोस्रो पटक उपाधि जितेको थियो ।No description available.

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.