साउनमा वाणिज्य बैंकहरूको निक्षेप ब्याजदर फेरि घट्यो, उच्चतम ४.५५ प्रतिशत कायम

साउन महिनाका लागि वाणिज्य बैंकहरूले लागू गर्ने निक्षेपको ब्याजदर पुनः घटाएका छन्। २० वटा वाणिज्य बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदरअनुसार व्यक्तिगत तथा संस्थागत दुवै प्रकारका निक्षेपमा औसत ब्याजदर असारको तुलनामा कम भएको हो।

व्यक्तिगत मुद्दती निक्षेपको औसत अधिकतम ब्याजदर असारमा ४.२५८ प्रतिशत रहेकोमा साउनका लागि घटेर ४.१६७ प्रतिशतमा सीमित भएको छ। त्यस्तै, संस्थागत निक्षेपको औसत ब्याजदर ३.१८ प्रतिशतबाट घटेर ३.११६ प्रतिशतमा झरेको छ।

बैंकहरूमध्ये १३ वटाले असार महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्। नेपाल बैंकले व्यक्तिगत निक्षेपको ब्याजदर यथावत् राखे पनि संस्थागत निक्षेपमा भने १ प्रतिशत विन्दुले वृद्धि गर्दै ४ प्रतिशत निर्धारण गरेको छ। बाँकी बैंकहरूले भने ब्याजदरमा सामान्य कटौती गरेका छन्।

नयाँ दरअनुसार व्यक्तिगत मुद्दती निक्षेपमा नबिल बैंक र प्रभु बैंकले सबैभन्दा बढी ४.५५ प्रतिशत ब्याजदर प्रदान गर्ने भएका छन्। यता कुमारी बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकले सबैभन्दा कम ३.८५ प्रतिशत ब्याजदर तोकेका छन्, जसले निक्षेपकर्तालाई तुलनात्मक रूपमा कम प्रतिफल दिनेछ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.