मकवानपुरमा साथीहरूसँग पौडी खेल्न गएका बालकको डुबेर ज्यान गयो

हेटौंडा उपमहानगरपालिका–६, रोएनी कोलोनीमा पानी जमेको खाल्डोमा डुबेर एक बालकको मृत्यु भएको छ।

शनिबार दिउँसो साथीहरूसँग पौडी खेल्न गएका हेटौंडा–१७ का १३–१४ वर्षीय युकेश राई खाल्डोमा डुबेर बेपत्ता भएका थिए। दिउँसो करिब १ः१० बजे घटना भएपछि प्रहरी चौकी चौघडा र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी टोली घटनास्थल पुगेको थियो।

बागमती प्रदेश विपद् व्यवस्थापन प्रहरी गुल्म र सशस्त्र प्रहरीको समन्वय तथा स्थानीयवासीको सहयोगमा गरिएको खोजीका क्रममा दिउँसो करिब २ बजे युकेशलाई सोही खाल्डोबाट उद्धार गरिएको थियो।

उद्धारपछि हेटौंडा अस्पताल पुर्‍याइएका उनको दिउँसो २ः२५ बजे चिकित्सकले मृत्यु भएको घोषणा गरेका थिए। मृतकको शव हाल अस्पतालमै राखिएको प्रहरीले जनाएको छ।

वर्षायाममा खोला तथा खाल्डाखुल्डीमा पानीको बहाव र गहिराइ बढ्ने भएकाले जोखिमयुक्त स्थानमा नजान प्रहरीले आग्रह गरेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरले अभिभावकलाई बालबालिकाको गतिविधिमा विशेष ध्यान दिन तथा खोला–खोल्सामा पौडी खेल्न नदिन अपिल गरेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.