हेटौंडामा खानेपानी आयोजना निर्माणका लागि २० करोड ५६ लाखको सम्झौता

हेटौंडामा खानेपानी-Murchunga TV

हेटौंडा । हेटौंडा उपमहानगरपालिका र संघीय सरकारको सहकार्यमा हेटौंडामा खानेपानी आयोजना निर्माणका लागि दुईपक्षीय सम्झौता सम्पन्न भएको छ। उपमहानगरपालिका र संघीय सरकारअन्तर्गतको खानेपानी योजना कार्यालयबीच उक्त सम्झौता गरिएको हो।

सम्झौताअनुसार हेटौंडाका विभिन्न स्थानहरूमा खानेपानी ट्यांकी तथा समवयल संरचनाहरू निर्माण गरिने छन्। परियोजना कुल २० करोड ५६ लाख रुपैयाँको लगानीमा ७०/३० अनुपातको सहलगानीमा सञ्चालन गरिनेछ।

सम्झौतामा हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामा, संघीय योजना प्रमुख पूर्णप्रसाद उपाध्याय, खानेपानी बोर्डका अध्यक्ष प्रताप विष्ट र निर्माण पक्षका प्रतिनिधिबीच हस्ताक्षर गरिएको छ।

यस योजनाबाट हेटौंडाबासीलाई सुरक्षित तथा नियमित खानेपानी सेवा पुर्‍याउने अपेक्षा गरिएको छ। नगर प्रमुख लामाले यस आयोजना हेटौंडाको दिगो विकासका लागि महत्वपूर्ण कदम हुने विश्वास व्यक्त गर्नुभयो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.