राक्सिराङ–३ मा निशुल्क स्वास्थ्य शिविर हुने

राक्सिराङ । राक्सिराङ–३ मा रहेको सुर्योदय माविमा निशुल्क स्वास्थ्य शिविर हुने भएको छ । श्री सत्य साई सेवा संगठन नेपालको आयोजनामा राक्सिराङ गाउँपालिका, ३ नं. वडा कार्यालय र पलाँसे आधारमुत स्वास्थ्य सेवा केन्द्रको समन्वयमा स्वास्थ्य शिविर हुन लागिएको हो ।

विभिन्न बिशेषज्ञ सेवासहितको स्वास्थ्य शिविर फाल्गनु २४ गते बिहान ७ बजे देखि सुरु हुने वडा अध्यक्ष उत्तम वाइबाले जानकारी दिनुभयो ।

शिविरमा मुटुरोग, स्त्रीरोग, दन्तरोग, छालासम्बन्धी रोग, भिडियो एक्सरे, सामन्य चिकित्सा, हाडजोर्नी/बाथरोग, पाठेघरको मुखको क्यान्सर परिक्षण, इसीजी,लगायत सेवा प्रदान गरिने वाइबाले बताउनुभयो ।

उहाँले निशुल्क स्वास्थ्य परिक्षणसँगै आवश्यक चिकित्सकको परामर्श र निशुल्क औषधि वितरणसमेत हुने भएकाले लाभ लिन सबैमा आग्रहसमेत गर्नुभयो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.