‘एक ढिक्का भएर संगठन निर्माणमा लाग्नुस्’: मुख्यमन्त्री बानियाँ

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री एवं कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले कांग्रेसभित्र कुनै गुटउपगुट नभएको बताउँदै गाउँ र टोलमा विकास निर्माणका कार्य गर्दै संगठन निर्माणमा लाग्न निर्देशन दिनुभएको छ ।

कांग्रेस थाहा नगरपालिका र मकवानपुर संघीय क्षेत्र नम्बर २ को क को संयुक्त आयोजनामा बागमती प्रदेशका मुख्यमन्त्री बानियाँलाई थाहानगरको पालुङमा आइतबार स्वागत तथा सम्मान गर्ने क्रममा मुख्यमन्त्री बानियाँले बागमती प्रदेशमा विकास निर्माण, जनतालाई देखिनेगरी सरकारी सेवामा छिटो तथा सहज पहुँच पु¥याएर विगतमा झैं ८४ सालमा पनि पार्टीलाई पहिलो पार्टी बनाउने बताउनुभयो ।

कांग्रेस बागमती प्रदेश सभापतिसमेत रहनुभएका मुख्यमन्त्री बानियाँले आफूले जनताको करबाट उठेको पैसाले पाउने सेवासुविधाबाट आफ्नो निर्वाचन क्षेत्रमा रहेका गरिव विपन्न परिवारलाई दशैं अगावै आवास बनाउने प्रतिबद्दता गर्दै बागमती प्रदेश सरकारले जनताले प्रत्यक्षरुपमा अनुभव र देखिनेगरी सेवा दिने कार्य गर्ने बताउनुभयो ।

गणतन्त्रभित्र सबै विचार र ब्यवस्थालाई मिलाएर लैजानुपर्ने भएकाले गफले हैन काम गरेर देखाउनुपर्ने अवस्था रहेकाले मुख्यमन्त्री बानियाँले अब जनप्रतिनिधिहरुले पार्टीसंग समन्वय गरेर आम जनताको समस्या समाधानका साथै स्थानीय आवश्यक्ता हेरेर विकास निर्माणमा लाग्नुपर्ने बताउनुभयो ।

कांग्रेस थाहानगर सभापति प्रमोद जोशीको सभाध्यक्षतामा भएको स्वागत तथा सम्मान कार्यक्रममा कांग्रेस थाहानगरका पदाधिकारी, सदस्य तथा क्रियाशिलहरुको उपस्थिति थियो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.