कैलाशका प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठको विदाई

कैलाश , मकवानपुर। मकवानपुरकाे कैलाश गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमुल श्रेष्ठको विदाई गरिएको छ । बुधबार गाउँपालिकामा स्वागत तथा फेरी भेटौंला कार्यक्रमका बीच श्रेष्ठलाई बिदाई गरिएको हो ।

श्रेष्ठले कैलाश गाउँपालिकामा ११ महिना ३ दिन बसेर कार्य सम्पादन गरेका थिए । श्रेष्ठ २०८१ असोज ८ गते कैलाशमा प्रमुख प्रशासकीय अधिकृतको रुपमा आएका थिए । श्रेष्ठ संघीय उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तरगतको कार्यालयमा सरुवा भएका छन् ।

कैलाशमा प्रमुख प्रशासकीय अधिकृतको रुपमा म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिकाबाट सरुवा भई रामप्रसाद शर्मा कंडेल आएका छन् ।

विदाई गर्दै गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले यहाँ रहुञ्जेल गर्नुभएको सेवाप्रति आभार प्रकट गर्दै आगामी यात्राको शुभकामना व्यक्त गरेका थिए । संघीयता कार्यान्वयन गर्न हामी जनप्रतिनिधि जत्ति नै कर्मचारीहरुको पनि ठुलो योगदान रहेको भन्दै ११ महिनाको बसाईँले कैलाश गाउँपालिकाको विकासमा श्रेष्ठको अहम भूमिका रहेको बताए ।

कर्मचारी र जनप्रतिनिधिबीचको पारस्परिक सम्बन्ध कायम राखेका छौं, र आगामी दिनमा पनि रहने प्रतिवद्धता जनाए । कर्मचारी रहेपछि जहाँ पुगिन्छ त्यहाँ सेवा प्रवाह गर्नुपर्ने अवस्था हुन्छ, सरुवा भई आउनु भएका प्रमुख प्रशासकीय अधिकृत शर्मालाई सहकार्य, समन्वय, साथ सहयोगका साथ गाउँपालिकाका कार्य सम्पन्न गरिने प्रतिवद्धता समेत व्यक्त गरेका थिए ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बालकुमार मल्लले प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठलाई आगममी दिनको सफलताको शुभकामना व्यक्त गरेका थिए । कैलाशमा गर्नुभएको काम कतव्र्य प्रति आभार व्यक्त गर्दै उनले सरुवा भई आउनु भएका प्रमुख प्रशासकीय अधिकृत शर्मालाई कैलाश गाउँपालिकामा स्वागत गरेका थिए ।

गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानको सभाध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष बालकुमार मल्ल, प्रमुख प्रशासकीय अधिकृतद्धय अमुल श्रेष्ठ, रामप्रसाद शर्मा कंडेल लगायत गाउँपालिकाका कार्यरत शाखाका प्रमुख तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.