सर्पदंश उपचार सुधार गर्न हेटौंडा अस्पतालमा अभिमुखीकरण

हेटौंडा । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा अस्पतालमा सर्पदंश उपचार पद्धति चुस्त र प्रभावकारी बनाउन अभिमुखीकरण कार्यक्रम गरिएको छ ।

देशभर देखिने जीवमध्ये मानिसमा डर उत्पन्न गराउने प्रमुख जीव सर्प भएकाले यसको दंश उपचारमा हुने अन्यौल हटाउन कार्यक्रम गरिएको अस्पतालले जनाएको छ । विशेषगरी तराईमा विषालु सर्प धेरै देखिए पनि मकवानपुरमा समेत विभिन्न प्रजातिका सर्प भेटिने गरेका छन् । विषालु नभए पनि सर्प देखिनासाथ मानिसमा उत्पन्न हुने भयका कारण आकस्मिक उपचार सेवा लिँदा समस्या देखिएको रजिष्ट्रार भीमसागर गुरागाईंले जानकारी दिनुभयो ।

कार्यक्रममा डा. हरिबहादुर खड्काले सर्पदंश उपचारका बारेमा व्यवहारिक प्रशिक्षण दिनुभयो । उहाँले बिरामी आएपछिको प्राथमिक व्यवहार, औषधि प्रयोग गर्ने अवस्था र उपचारका सीमा विषयमा विस्तृत जानकारी दिनुभयो ।

कार्यक्रममा आकस्मिक सेवा, आईसीयू, एचडीयु र ओपीडीमा कार्यरत चिकित्सक तथा कर्मचारीका साथै मकवानपुरमा सक्रिय सर्प उद्धारकर्ताद्वय राजेश गरिब र रोशन दिप सहभागी थिए ।

गरिब र दिपले हालसम्म १७ प्रजातिका सर्प उद्धार गरेको जानकारी दिए । उद्धार गरिएका सर्पमध्ये विश्वकै ठुलो र अति विषालु किङ कोब्रा, बेन्डेड करेट, कोब्रा प्रजाति, कोरल स्नेक, ग्रिन पिट भाइपर, रेडनेक किलव्याकजस्ता विषालु सर्प रहेका छन् भने अविषालु तथा हल्का विषालु प्रजातिहरु समेत पाइएको उल्लेख गरे ।

कार्यक्रमका क्रममा सर्पदंश पीडितका आफन्तहरुसँग प्रत्यक्ष संवाद गर्दा उपचार प्रक्रियामा देखिएको अन्यौललाई सुधार गर्नुपर्ने आवाज उठेको थियो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.