हेटौंडा अस्पतालको निर्देशकमा डा. रामचन्द्र सापकोटा

हेटौंडा । हेटौंडा अस्पतालको निर्देशकमा वरिष्ठ कन्सल्टेन्ट अर्थोपेडिक सर्जन डा. रामचन्द्र सापकोटा नियुक्त हुनुभएको छ । प्रतिष्ठानका उपकुलपति डा. प्रदिप ज्ञवालीको सिफारिसमा बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले सोमबार औपचारिक रूपमा नियुक्ति पत्र प्रदान गर्नुभएको हो ।

मन्त्री थापाले हेटौंडा अस्पताललाई प्रदेशकै उत्कृष्ट स्वास्थ्य सेवा तथा शिक्षा केन्द्रका रूपमा विकास गर्ने लक्ष्यअनुसार दक्ष नेतृत्वको आवश्यकता रहेको उल्लेख गर्नुभयो । उहाँले डा. सापकोटा जस्तो अनुभवी चिकित्सकको नेतृत्वमा अस्पतालको सेवा स्तर, शैक्षिक गुणस्तर र बिरामीमैत्री वातावरणमा सुधार हुने विश्वास व्यक्त गर्नुभयो ।

चितवनका स्थायी निवासी डा. सापकोटा यसअघि हेटौंडा अस्पतालका कार्यवाहक निर्देशकका रूपमा कार्यरत हुनुहुन्थ्यो । उहाँले पोखरास्थित मणिपाल मेडिकल कलेजबाट एमबीबीएस र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जबाट एमएस (अर्थोपेडिक्स) अध्ययन पूरा गर्नुभएको हो । लामो समयदेखि अर्थोपेडिक सर्जनका रूपमा सेवा दिँदै आएका डा. सापकोटाले नियुक्तिपश्चात अस्पतालको स्वास्थ्य सेवा, शैक्षिक गुणस्तर र बिरामीमैत्री वातावरण बनाउन प्रतिबद्ध रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

नव नियुक्त निर्देशकले उपकुलपति डा. प्रदिप ज्ञवालीबाट पद तथा गोपनियताको शपथ लिनुभयो । सो अवसरमा स्वास्थ्य मन्त्रालयकी सचिव डा. सुमित्रा गौतम, प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा. डा. दिनेश कुमार लम्साल, रजिष्ट्रार भीमसागर गुरागाईं, महाशाखा प्रमुख सागर घिमिरे, डा. खगेश्वर गेलाल, व्यवस्थापन समितिका सदस्यहरू उत्सव चौलागाईं, हिरा वाइबा, लक्ष्मी पौडेल, प्राध्यापक सुपेन्द्र कार्की, प्रशासन प्रमुख अमर अधिकारीसहितको उपस्थिती रहेको थियो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.