नेपालमा फेसबुक र युट्युबसहित २६ सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय

हेटौंडा । सरकारले नेपालभित्र २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको छ। मन्त्रीपरिषद्को निर्णय र सर्वोच्च अदालतको परमादेश कार्यान्वयन गर्न सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्राचार गर्दै तत्काल प्रभावमा लागू हुने गरी निर्देशन दिएको हो।

सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा मन्त्रालयमा बसेको बैठकले तोकिएको म्यादभित्र सूचीकरणका लागि सम्पर्कमा नआएका सबै सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको हो। सरकारले दिएको सात दिनको समय बुधबार राति सकिँदा पाँच वटा मात्रै सञ्जाल—टिकटक, भाइबर, निम्बज, विटक र पोपो लाइभ—सूचीकृत भएका छन्।

यसअघि प्रतिबन्ध लागू भएपछि टेलिग्रामले सूचीकरणका लागि निवेदन दर्ता गरेको छ। मन्त्रालयले उक्त निवेदनको अध्ययन गरिरहेको जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.