हेटौँडा । हेटौँडा उपमहानगरपालिकाको लगानीमा स्थापना भएको हेटौँडा जनप्रिय क्याम्पसको प्रथम सभा सम्पन्न भएको छ। सभाको अध्यक्षता नगर प्रमुख मीना कुमारी लामाले गर्दै, क्याम्पसको हालसम्मको उपलब्धि र आगामी लक्ष्य प्रस्तुत गर्नुभएको थियो।
कृषि शिक्षामा उत्कृष्ट प्राविधिक उत्पादन गर्ने लक्ष्यका साथ सञ्चालनमा आएको क्याम्पसमा हाल ४७ जना विद्यार्थी भर्ना भई डिप्लोमा तहको कक्षा सञ्चालन भइरहेको छ। यसले कृषि क्षेत्रमा ठुलो योगदान पुर्याउने अपेक्षा राखिएको छ।
पूर्वाञ्चल विश्वविद्यालयसँग सम्बन्धन प्राप्त गरी सञ्चालनमा आएको क्याम्पसले हेटौँडा उपमहानगरलाई शैक्षिक हबका रूपमा स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।
कार्यक्रमको उद्घाटन प्रतिनिधि सभा क्षेत्र नं. १ का सांसद तथा संघीय संसदको पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले गर्नुभएको हो।




































