‘जेन जी’ प्रदर्शनमा गोली लागेर घाइते एक युवकको मृत्यु

काठमाडौं । ‘जेन जि’ (Gen Z) भनेर चिनिने नव युवापुस्ताको नेतृत्वमा आज काठमाडौंको नयाँ बानेश्वरमा भएको प्रदर्शन हिंसात्मक भएपछि प्रहरीले चलाएको गोली लागेर घाइते भएकामध्ये एक जनाको मृत्यु भएको छ।

गम्भीर घाइते एक युवकको सिभिल अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो। मृतकको परिचय हालसम्म खुलाइएको छैन। अस्पतालमा घाइतेहरू निरन्तर भर्ना भइरहेका र आपतकालीन अवस्थाको सामना गर्न अस्पताल तयारी अवस्थामा रहेको छ ।

प्रदर्शनका क्रममा घाइते भएकाहरूको उपचारका लागि अस्पतालमा चाप बढ्दै गएको छ। सिभिल अस्पतालमा अरू बिरामीलाई अन्यत्र सारेर प्रदर्शनकारी घाइतेहरूलाई प्राथमिकतामा राखिएको छ। कतिपय शय्या अस्पतालको बाहिरी भागमा सारेर उपचार भइरहेको जनाइएको छ।

यसैबीच, बानेश्वरस्थित एभरेस्ट अस्पतालमा पनि घाइतेहरू भर्ना भइरहेका छन्। प्रदर्शनमा कति जना घाइते भए भन्ने आधिकारिक संख्या भने अझै सार्वजनिक गरिएको छैन।

सरकार र सुरक्षाप्रति असन्तुष्टि जनाउँदै सड़कमै उत्रिएको जेन जि समूहको प्रदर्शन दिनभर तनावग्रस्त बनेको थियो। घटनास्थलमा सुरक्षाकर्मीहरूको बाक्लो उपस्थिति रहे पनि स्थिति नियन्त्रण बाहिर पुगेपछि बल प्रयोग गरिएको बताइएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.