बालेनले जेनजीलाई भने– तपाईंहरूको योगदान अमूल्य छ, हर्कले भने– तपाईंहरुको मतको कदर भएन

मकवानपुर । अन्तरिम सरकारको प्रधानमन्त्रीको रूपमा सुशीला कार्कीले शपथ ग्रहण गरिसकेपछि काठमाडौं महानगरपालिका मेयर बालेन साहले जेनजीहरुलाई उनीहरुको योगदान अमूल्य रहेको बताएका छन् भने धरानका मेयर हर्क साम्पाङले जेनजीहरुको मतको कदर नभएको दाबी गरेका छन् ।

मेयर साम्पाङले भने ‘लु है जनजी तपाईंहरुको मतको कदर भएन, विचार गर्नु अब के गर्ने हो ?’ ।

यता काठमाडौंका मेयर साहले भने, ‘प्रिय जेनजी, तपाईंहरूको योगदान र बलिदानबाट देशले परिवर्तन पाएको छ । वीर सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली । तपाईंहरूको योगदान अमूल्य छ, जसले सधैं भावी पुस्तालाई देशप्रेम र कर्तव्यबोधको मार्गदर्शन गर्नेछ । तपाईंहरूप्रति असिम सम्मान । घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।’

आज शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् । यससँगै पहिलो महिला प्रधानन्याधीश बनेर इतिहास रचिसकेकी कार्कीले पहिलो महिला प्रधानमन्त्रीको रुपमा पनि अर्को इतिहास बनाएकी हुन् ।

जेनजी आन्दोलनले केपी ओली नेतृत्वको सरकार ढलेसँगै कार्की देशको पहिलो महिला प्रधानमन्त्री बन्न सफल भएकी हुन् । कार्की पूर्वप्रधानन्यायाधीश समेत हुन् ।

गत भदौ २३ गते जेनजी पुस्ताले गरेको आन्दोलनमा प्रहरीको गोली लागेर कम्तीमा १९ जना युवाको मृत्यु भएपछि २४ गते आक्रोशित समूहले देशभर प्रदर्शनसहित आगजनी र तोडफोड गरेको थियो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.