एमाले महासचिव पोखरेलले दिए नेतृत्वको आलोचना नगर्न निर्देशन

काठमाडौँ। नेकपा एमालेका महासचिव शंकर पोखरेलले छलफल गरेका छन् ।आइतबार प्रदेश र जिल्लाका उपलब्ध नेताहरूसँगको भर्चुअल छलफलमा महासचिव पोखरेलले जेनजी आन्दोलनका क्रममा भएको क्षतिको विवरण संकलन गर्न सुझाव दिँदै पार्टी गतिविधिहरू पनि नरोक्न निर्देशन दिएका हुन् ।

एमाले काठमाडौँ जिल्ला अध्यक्ष दीपक निरौलाले विकसित घटनाक्रमबारेमा महसचिवले ब्रिफिङ गरेको जानकारी दिएका छन ।

भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा एमाले केन्द्रीय कार्यालयसहित अधिकांश प्रदेश र जिल्ला पार्टी कार्यालय आगजनी र तोडफोड भएको एमालेले जनाएको छ । पछिल्लो आन्दोलनपछि एमालेभित्र अध्यक्ष ओलीले नेतृत्व छाड्नुपर्ने दबाब सिर्जना हुन थालेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.