विप्लवको भने– सेवासुविधा लिन्नँ भन्ने मन्त्रीले कुनैबेला अकुत सम्पति कमाएको हुनसक्छ

मकवानपुर । जेनजीको आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारका मन्त्री रामेश्वर खनाल र कुलमान घिसिङले सरकारी सेवा सुविधा नलिने घोषणा गरेका थिए । सुविधा र तलबभत्ता नलिने घोषणाले कतिपयले प्रशंसा गरेका छन् ।

तर नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवको यसलाई ‘जनतामा भ्रम छर्ने’ र सेवासुविधा लिन्नँ भन्ने मन्त्रीले ‘कुनैबेला अकुत कमाएको हुनसक्ने बताए ।

सरकार विस्तार हुँदै गर्दा विप्लव भने कपिलवस्तुमा शहीद परिवारलाई घर हस्तान्तरण कार्यक्रममा व्यस्त थिए । विप्लवले भने, ‘मन्त्रीहरुले भाषण गरेको सुनेँ– म चाहिँ तलब लिदिनँ भनेर । तलब नलिएर के खान्छ ? माटो खान्छ त ?’

विप्लव भने, ‘त्यो भनेको त कतैबाट त्यसले कमाको छ नि त । ‘यो घमण्ड हो के । तलब नलिएर खरानी खाने ? यो त जनतामा भ्रम छर्ने कुरा हो ।’कुनै बेला अकुत सम्पत्ति कमाएको हुनसक्ने विप्लवको बुझाइ छ । उनले भने, ‘त्यसले के देखाउँछ भने त्यसले कुनै बेला अकुत सम्पत्ति कमाएको छ भन्ने सावित गर्छ ।’

विप्लवले नेताहरु जनतातिर नफर्किएको र कार्यकर्तालाई उत्पादनसँग नजोडेकोमा असन्तुष्टि जनाए । विप्लवले भने, ‘सजिलै पैसा खोज्दै हिँड्दाखेरि विदेशीको एजेन्ट भएका छन् ।’

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.