काठमाडौं। अहिले देशका पहाडी भू–भागमा साधारणतया आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका केहि स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जानकारी दिएका हुन।
दिउँसो देशभर साधारणतया बदली रहनेछ भने कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भू–भागका केही स्थान तथा बाँकी भू–भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै, आज राति देशभर साधारणतया बदली रहनेछ भने कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ ।
बागमती, मधेस, लुम्बिनी, सुदूरपश्चिम र कोशी प्रदेशका पहाडी तथा तराई भू–भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।
प्रतिकृया दिनुहोस्




































