नेपाली सेनाको सुरक्षाबाट बाहिर आए ओली

मकवानपुर: निवर्तमान प्रधानमन्त्री केपी शर्मा नेपाली सेनाको सुरक्षाबाट बाहिर आएका छन्।शिवपुरीस्थित सेनाको स्टाफ कलेजमा भदौ २४ गतेदेखि बस्दै आएका नेकपा एमालेका अध्यक्षसमेत रहेका ओली बिहीबार बाहिर निस्किएका हुन्।

ओलीनिकट स्रोतले सेतोपाटीलाई दिएको जानकारीअनुसार अध्यक्ष ओली भक्तपुरको गुन्डु क्षेत्रमा घर भाडामा लिएर बस्न थालेका छन्।

भदौ २४ गते जेनजी पुस्ताको आन्दोलनका क्रममा अध्यक्ष ओलीको बालकोटस्थित घरमा आगजनी भएको थियो।

भदौ २३ र २४ गते भएको जेनजीको आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री ओलीले पदबाट राजीनामा दिएका थिए भने सुशीला कार्की नेतृत्वमा अन्तरिम सरकारसमेत बनिसकेको छ।

संविधान दिवसको पूर्वसन्ध्यामा अध्यक्ष ओली नेपाली सेनाको सुरक्षाबाट बाहिर आएका हुन्। यसबारे एमालेले औपचारिक रूपमा जानकारी दिएको छैन।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.