मकवानपुर।जेनजी’ प्रदर्शनका क्रममा सेनाको सुरक्षा घेरामा रहेका नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली भक्तपुरको गुण्डुमा बसाइँ सरेका छन् । नेपाली सेनाको सुरक्षा घेरामा रहनुभएका ओली सूर्यविनायकको एक भाडामा बसाइँ सरेका हुन् ।
गुन्डुस्थित निवासमा आज अध्यक्ष ओलीसँग पार्टीका महासचिव शङ्कर पोखरेल, नेता भानुभक्त ढकाल, महेश बस्नेत, एमाले भक्तपुर जिल्ला अध्यक्ष बचन देउजाल गायतले भेट गरेका थियो ।
एमालेले संविधान दिवसका अवसरमा च्यासलस्थित पार्टी कार्यालयमा आयोजना गर्ने कार्यक्रममा अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भएको जनाएको छ ।
प्रतिकृया दिनुहोस्



































