काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) नेताहरुले काङ्ग्रेस पार्टी कार्यलय अवलोकन गरेका छन।
आज बिहान ‘जेनजी’ प्रदर्शनकामा जलाइएको कांग्रेस केन्द्रीय कार्यालय सानेपा पुगेर वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललगायत नेताहरूले कांग्रेस पार्टी कार्यालयको अवलोकन गरेका हुन ।
उपाध्यक्षद्वय गुरु बराल, अष्टलक्ष्मी शाक्य, महासचिव शङ्कर पोखरेल, विदेश विभाग प्रमुख राजन भट्टराई, नेता अमृतकुमार बोहरालगायत नेताहरू गएका थिए ।
उनीहरूलाई कांग्रेस कोषाध्यक्ष उमेश श्रेष्ठ र केन्द्रीय कार्यालय सचिव प्रदीप पराजुलीले क्षतिको जानकारी गराएका थिए ।
प्रतिकृया दिनुहोस्






















































