काङ्ग्रेस मकवानपुरले मनायो संविधान दिवस

मकवानपुर । नेपाली काङ्ग्रेस मकवानपुरले नेपालको संविधान दिवस मनाएका छन । आज काङ्ग्रेस मकवानपुरको आयोजनामा पार्टी कार्यलयमा दिवस मनाएका हुन।

कार्यक्रममा तरुण दल मकवानपुरले मुख्यमन्त्रीलाई नेपाली झण्डा हस्तान्तरण समेत गरेका छन। सबिधानको रक्षा , लोकतान्त्रिक गणतन्त्रको संरक्षण, प्रबर्द्धन गर्नुपर्ने समेत माग राख्दै झण्डा हस्तान्तरण गरेको नेपाली काङ्ग्रेसका नेता तथा तरुण दलका केन्द्रिय सदस्य राजेश भेट्वाले जानकारी दिए ।

कार्यक्रममा आज मुख्यमन्त्री बानियाँले मकवानपुर पार्टी कार्यलयमा नेपाली झण्डा समेत राखेका छन ।

कार्यक्रममा मुख्यमन्त्री बानियाँले जेन्जीको भावनालाई कदर गरेर, वास्तविक जेन्जीको मागलाइ सम्बोधन गरेर अगाडि बढ्नुपर्ने समेत बताए । उनले थपे “हामी कसैको होइन, हाम्रो कोहि होइन, हामी देशको हो, देश हाम्रो हो, हामी काङ्ग्रेसको हो, काङ्ग्रेस हाम्रो हो” भन्ने भावनाले अगाडि बढ्नुपर्ने समेत बताए ।

जेन्जी पुस्ताले गरेको अभियानसङ्गको प्रदर्शन , प्रदर्शनसङ्गको माग भनेको भ्रष्टाचार निर्मुल, सामाजिक संजाल खुल्ला गर्नुपर्ने माग रहेको समेत बताए । जेन्जी पुस्ताको प्रदर्शनमा घुसपैठ समेत भएको बताए ।

“नेपालको सबिधानको रक्षा गर्नु हाम्रो दायित्व हो, लोकतान्त्रिक गणतन्त्रको रक्षा , प्रबर्द्धन गर्नु हाम्रो कर्तव्य हो यसम नेपाली काङ्ग्रेस एक इन्च पनि पछि हट्दैन”उनले भने।

कार्यक्रम नेपाली काङ्ग्रेस मकवानपुर सभापति तथा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँका राजनीति सल्लाहकार बुद्ध लामाको सभापतित्वामा भएको भियो।

कार्यक्रममा नेपाली काङ्ग्रेस बागमती प्रदेश सभापति तथा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको प्रमुख अतिथिमा भएको थियो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.