मनहरी । मकवानपुरको मनहरीमा युवाहरुले हाम्रो गाउँ, हाम्रो गौरव नारा सहित गाउको गौरव गर्दै गाउ विकास अभियानमा सक्रिय भएका छन । आज सविधान दिवसमा पनि मनहरी–२ ठाडोखोला र भुन्दुङटाँडीका युवाहरु आ–आफ्नो ठाउँमा नारा सहित अभियानमा सक्रिय देखिएका हुन ।
हाम्रो गाउँ, हाम्रो गौरव भन्ने मुल नाराका साथ युवाहरुले अभियान थालेको र गाउँमा हरेक किसिमले विकास र उज्यालो गाउँ बनाउन अबका दिनहरुमा आफुहरु लागिपर्ने युवाहरुले बताए । ‘हाम्रो गाउँ, हाम्रो गौरव, हाम्रो हातमा विकास, एकता र विकासका लागी हाम्रो अभियान’ भन्ने मुल नाराका साथ गाउँमा हरेक किसिमले विकास र उज्यालो गाउँ बनाउन अबका दिनहरुमा आफुहरु लागिपर्ने युवाहरुले बताए ।


भुन्दुङटाँडीमा संविधान दिवसको अवसरमा भुन्द्रुङ टाँडी समर्पित उज्यालो पुस्ताले गाउँलाई अझ व्यवस्थित, हरियाली बनाउने, सानो तर अर्थपूर्ण पहल गरेको युवाहरुले बताएका छन । हामीले आफ्नो साझा जिम्मेवारीलाई उजागर गरेका छौं । गाउँको सिमानामा धन्यवाद तथा स्वागत बोर्ड राखिएको, प्रमुख चौकहरूमा दिशा–निर्देश बोर्ड स्थापना गरिएको, र निश्चित सडक छेउछाउमा अशोक विरुवा रोपिएको युवाहरुले भने ।
केहि समयदेखि युवाहरु गाउ विकासमा श्रमदामा सक्रिय रुपमा लागेका छन । जसमा युवाहरुले विद्यालयका वारिपरि सफाइ , सडकमा भएको खाल्टखुल्टी पुर्ने लगायत कामहरु गरेका थियो ।
यस अभियानलाई सफल बनाउन सहयोग गर्ने सबै दयालु हातहरूलाई, टाढा–टाढा प्रदेश–विदेशमा रहँदै निरन्तर साथ र मनकारी योगदान दिने सबै मनकारी व्यक्तिहरूलाई, अनि दिनहुँ उत्साह र प्रेरणा दिने सम्पूर्ण शुभेच्छुकहरूलाई उज्यालो पुस्ताको तर्फबाट हार्दिक धन्यवाद र नमन समेत गरेका छन ।


यस्तै ठाडोखोलामा पनि अभियानको तेश्रो दिन मनहरी गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष राजकुमार पाख्रीनको पनि उपस्थिति रहेको र अभियानमा सक्रियताका साथ लागि पर्ने बताएका छन । म्हेन्दो टोल विकास संस्थाका जिम्मेवार व्यक्तित्व र आम टोलबासिलाई धन्यवाद दिएका छन् । साथै उनले निरन्तर सरसफाइ अभियानमा लागिरहेका अभियन्तालाई खाजानास्ताको समेत व्यवस्थापन गरेको सुर्य गोलेले बताए ।
म्हेन्दो टोल विकास संस्था अन्तर्गत पर्ने बुद्धचोकदेखि दोभान हुँदै गोगनघारी पुग्ने बाटोमा सरसफाइ आफ्नो पहलमा अभियानमा थालेको सुर्य बहादुर गोलेले बताए । टोल विकास संस्थाका अध्यक्ष बलिराज गोङ्बा सहित सबै टोलबासीको उपस्थिति रहेको र सरसफाइ काम भएको गोलेले बताए ।
हिन्दु नेपालीहरुको मनाउने महान चाडपर्व दशै तिहार नजिकिए सँगै बाटोमा सवारी साधन तथा मान्छेको आवतजावत बढी हुने भएकाले यात्र सहज होस् र बाटो सफा देखियोस भन्ने उद्देश्यले स्थानियहरुले सरसफाइ गरेको हुन् । सदाझैँ पालिकाबाट बाटो सरसफाइका लागि जेसिबी आउने कि न आउने एकिन नभएकाले तत्कालका लागि स्थानीयले बाटो सरसफाइ अभियान चलाएको हो । विशेषत विद्यालय आउनेजाने विद्यार्थीहरु भाइबहिनीलाई काँसघारी र झाडिको कारण हुने असहजता र कठिनाइलाई मध्यनजर गर्दै सरसफाइ गरेको जानकारी दिए ।
अभियानमा उपस्थित सम्पूर्ण टोलबासिलाई धन्यवाद दिँदै अझै अरु सामाजिक कार्यमा एकताबद्ध भइ जुट्न गोलेले अनुरोध गरेका छन् ।आज तेश्रो दिन निरन्तर रहेको अभियान भदौ ३१ गतेदेखी सरसफाइ अभियान सन्चालन गरेको थियो । शुक्रबार भएको सरसफाइ अभियानमा म्हेन्दो टोल विकास संस्थाका पदाधिकारीहरु बलिराज गोङ्बा, फूलमाया थोकर, बिष्णु कुमारी जिम्बा, निरु लामा लगायत अन्य सदस्यहरुको उपस्थिति रहेको छ । त्यस्तै आफ्नो गाउँ आफै बनाऔं भन्ने मर्मका साथ सबै टोलबासीको सक्रिय उपस्थिति रहेको छ ।
सरसफाइ जुटेका मनकामना मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहका सचीव तथा अभियन्ता सुर्य बहादुर गोलेले उपस्थित सबैलाई धन्यवाद दिएका छन् । साथै सरसफाइमा खटिरहेका अभियान टोलिलाई खाजाका लागि सहयोग गर्नुहुने वडाध्यक्ष राजकुमार पाख्रीन, प्रेम बहादुर थिङ र अभय ब्लोनलाई धन्यवाद दिएका छन् । सफा बाटो सभ्य समाज हिँड्डुल गर्न हुन्छ सहजू भन्ने नाराका साथ भाद्रा ३१ गतेदेखी सुरु गरिएको बाटो सरसफाइ अभियानलाई निरन्तरता दिँदै यहि असोज ५ गते शर्सिधाप सडक खण्डमा सरसफाइ गर्ने भनी सुर्य बहादुर गोलेले जानकारी दिएका छन् । साथै उक्त दिन सरसफाइ अभियानमा जुट्न सम्पूर्ण शर्सिधाप निवासीलाई म्हेन्दो टोल विकास संस्थाको अनुरोध छ ।






















