मकवानपुर । प्रधानमन्त्री सुशीला कार्कीले वैज्ञानिक महावीर पुनलाई शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सिफारिस गरेका छन । आइतबार मन्त्री नियुक्तिका लागि पुनको नाम राष्ट्रपतिलाई सिफारिस गरेपछि आफूलाई मन्त्री भनेर सम्बोधन नगर्न आग्रह गरेका हुन।
उनले सामाजिक सञ्जालमा ‘मलाई मन्त्री नभन्नुहोला । कसैलाई मन्त्री भन्न साह्रै रहर छ भने कबाडी वैज्ञानिक मन्त्री भन्नुहोला ।’
पुनले आफूलाई फोन गरेर बधाई दिनुका साथै खादा, माला लिएर नआउन पनि भनेका छन् । बरु शिक्षा, विज्ञान र प्रविधिको क्षेत्रमा पाँच महिनाको अवधिमा गर्न सकिने र गर्नैपर्ने ठोक काम र आइडिया भए ह्वाट्स एपमा सेयर गर्न भनेका छन् ।
प्रतिकृया दिनुहोस्



































