वीरगञ्ज नाकाबाट २६ अर्बको पेट्रोलियम पदार्थ आयात

वीरगञ्ज ।  वीरगञ्ज नाका हुँदै २६ अर्ब ३३ करोड बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । चालु आर्थिक वर्ष २०८२र८३ को दुई महिनामा अवधिमा डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपिजी), एभिएसन टर्बाइन फ्युल (एटिएफ) र मट्टितेल आयात गरिएको बताएका हुन।

गत आवको दुई महिनाको तुलनामा चालु आवको दुई महिनामा एक अर्ब ७६ करोड बढीको पेट्रोलियम पदार्थ आयात गरिएको वीरगञ्ज भन्सार कार्यालयकाले जानकारी दिएका छन।

यहाँको राजस्वको मुख्य आधार पेट्रोलियम पदार्थ र सवारीसाधन आयात हो’, प्रमुख भन्सार प्रशासकले भने । गत आवको दुई महिनाको अवधिमा पेट्रोलियम पदार्थ आयातबाट कार्यालयले नौ अर्ब ८९ करोड राजस्व सङ्कलन गरेको थियो । त्यस्तै चालु आवको दुई महिनामा पेट्रोलियम पदार्थबाट ११ अर्ब १८ करोड सङ्कलन गरेको छ ।

चालु आवको दुई महिनामा पाँच अर्ब १२ करोडको चार करोड ९५ लाख ६६ हजार ६ सय ६४ किलो एलपी ग्याँस आयात हुँदा ९६ करोड राजस्व सङ्कलन भएको छ । गत आवको सोही अवधिमा भने पाँच अर्ब ३६ करोडको चार करोड ९७ लाख ५५ हजार १९४ किलो एलपी ग्याँस आयात हुँदा एक अर्ब राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.