खड्का समाज मकवानपुरको प्रथम भेला सम्पन्न, दिपक खड्काको नेतृत्वमा नयाँ कार्यसमिति चयन

हेटौडा । मकवानपुर जिल्लाका खड्का समुदायलाई एकताबद्ध र संगठित गर्ने उद्देश्यले “खड्का समाज मकवानपुर” ले आफ्नो प्रथम भेला, शुभकामना आदानप्रदान तथा परिचयात्मक कार्यक्रम हेटौडामा भव्यतापूर्वक सम्पन्न गरेको छ ।

कार्यक्रमको अध्यक्षता तयारी समितिका संयोजक दिपक खड्काले गर्नुभयो भने प्रमुख अतिथि बाल रोग विशेषज्ञ डा. हरिबहादुर खड्का हुनुहुन्थ्यो । विशेष अतिथि हेटौडा उपमहानगरपालिका–१४ का वडा अध्यक्ष दिपक खड्का र गैसस मकवानपुरकी अध्यक्ष रमिला खड्कासहित विभिन्न अतिथिहरूको उपस्थिति रहेको थियो ।

भेलामा सहभागी खड्का समुदायका अग्रजदेखि युवा पुस्तासम्मले आफ्नो परिचय दिंदै आपसी सम्बन्ध मजबुत पार्ने प्रतिबद्धता जनाएका थिए । कार्यक्रमका प्रमुख अतिथि डा. हरिबहादुर खड्काले पहिलो भेलाले खड्का समाजलाई अझ संगठित र सक्षम बनाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले शिक्षा, स्वास्थ्य र संस्कृतिको संरक्षणमा समाजको सक्रिय योगदान आवश्यक हुने धारणा राख्नुभयो ।

विशेष अतिथि वडा अध्यक्ष दिपक खड्काले समाजका गतिविधिहरूले स्थानीय विकास र सहकार्यमा महत्त्वपूर्ण टेवा पुर्‍याउने उल्लेख गर्दै वडा कार्यालयबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । त्यस्तै, गैसस मकवानपुरकी अध्यक्ष रमिला खड्काले महिला, युवा र सामाजिक उद्यमशीलताको क्षेत्रमा समाजले नेतृत्वदायी भूमिका खेल्नुपर्ने आवश्यकता औंल्याउँदै खड्का परिवारबीच देखिएको एकतालाई प्रशंसा गर्नुभयो ।

भेलाले दिपक खड्काको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ । निर्वाचित अध्यक्ष दिपक खड्काले पारदर्शिता, एकता र सेवाभावका साथ समाजलाई अघि बढाउने प्रतिबद्धता जनाउँदै सम्पूर्ण खड्का परिवारलाई जोड्ने, सामाजिक सेवा गर्ने र नयाँ पुस्तालाई प्रेरणादायी बाटो देखाउने संकल्प व्यक्त गर्नुभयो ।

निर्वाचित कार्यसमिति
अध्यक्ष : दिपक खड्का
उपाध्यक्ष : सरोज खड्का
महासचिव : सुनिल खड्का
सचिव : हरि खड्का (सुवास)
कोषाध्यक्ष : शिवकुमार खड्का
सदस्यहरू : बिष्णु खड्का, राम खड्का, लालबहादुर खड्का, हरी खड्का, नरहरि खड्का, उत्तम खड्का, रमिला खड्का, गोपी खड्का, देवेन्द्र खड्का, गंगाकुमार खड्का, शंकर खड्का, अजित खड्का, कबिराज खड्का, समुन्द्र खड्का, सर्मिला खड्का, पवन खड्का, सानु कार्की खड्का, डोरबहादुर खड्का

त्यस्तै, भेलाले डा. हरिबहादुर खड्का, पुर्णध्वज खड्का, दिपक खड्का र कृष्णबहादुर खड्का लगायतलाई सल्लाहकार समिति सदस्यमा चयन गरेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.