बाबुरामले त्यागे नयाँ शक्तिको अध्यक्ष पद, कोरे पुस्तान्तरणको गोरेटो

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा। बाबुराम भट्टराईले बुधबार अप्रत्यासित रुपमा पद त्याग गरेको घोषणा गरेका छन । आज केन्द्रीय समितिको विशेष विस्तारित बैठकमा केन्द्रीय समिति भंग गर्दै विशेष महाधिवेशन आयोजना गर्ने निर्णय भएको बताएका हुन ।

भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनले पार्टीहरूमा नेतृत्व परिवर्तन गर्नुपर्ने उल्लेख गर्दै अध्यक्ष पद त्याग गरेको बताइएको छ । विशेष महाधिवेशनमार्फत पार्टीको नयाँ नेतृत्व चयन गर्न प्रस्ताव गरेका थिए ।

सोही प्रस्तावअनुसार वरिष्ठ उपाध्यक्ष दुर्गा सोबको संयोजकत्वमा महाधिवेशन आयोजक समिति गठन गरिएको बताएका छन।

पत्रकार सम्मेलनमार्फत पार्टी नेतृ मानुषी यमी भट्टराईले बैठकमा बाबुराम भट्टराईले राखेको राजीनामा प्रस्ताव र विशेष महाधिवेशनको योजनामाथि छलफल भएको बताइन ।

करिब डेढ दशक अगाडि नै तत्कालीन माओवादी पार्टीमा रहँदा वैकल्पिक शक्ति आवश्यक हुन्छ भनेर बताउदै आएका थिए । पछि उनले पार्टी छोडेर नयाँ शक्ति पार्टी बनाए थिए ।

भट्टराईले भने अब पुराना उद्देश्यका लागि बनेका पार्टीहरू नयाँ आवश्यकता अनुरुप बदलिनुपर्छ । अन्यथा पुराना पार्टी सकिन्छ भनेर उनले डेढ दशकअघि गरेको घोषणा गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.