हेटौँडामा रास्वपाद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न, ३५ जनाले गरे रक्तदान

तस्बिर–जी न्यौपाने

हेटौँडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरले हेटौँडाको बुद्धचोकमा शनिबार खुला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। रास्वपा बागमती प्रदेश र्याटको समन्वय तथा नेपाल रेडक्रस सोसाइटी, रक्तसञ्चार केन्द्र हेटौँडाको प्राविधिक सहयोगमा आयोजित कार्यक्रममा ३५ जनाले रक्तदान गरेका छन्।

रास्वपा मकवानपुरका सभापति भरत पराजुलीको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा रास्वपाका केन्द्रीय सदस्य तथा संघीय पूर्व सांसद बिन्दवासिनी कङ्साकार प्रमुख अतिथि रहनु भएको थियो।

रक्तदान कार्यक्रमबारे जानकारी दिँदै रास्वपा र्याट बागमती प्रदेशका सचिव महेन्द्र कुमार श्रेष्ठले गत भाद्र २३ र २४ गते जेन्जी आन्दोलनका क्रममा गोली लागी घाइते भएका युवाहरूमाथि उपचारका क्रममा परेको रगतको अभावलाई मध्यनजर गर्दै रक्तदान कार्यक्रम आयोजना गरिएको बताए।

कार्यक्रममा रास्वपा मकवानपुर, रास्वपा र्याट बागमती प्रदेश, जिल्लास्तरका नेताहरु तथा कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.