मकवानपुर । अखिल (समाजवादी) मकवानपुर र नेकपा मनहरीले इजरायल र प्यालेस्टाइन बिचको युद्धमा ज्यान गुमाएका विपिन जोशी प्रती श्रद्धाञ्जली अर्पण गरेको छ । मनहरी–२ बुद्धचोकमा दीप प्रज्वलन गरि श्रद्धाञ्जली अर्पण गरेको हो ।
कार्यक्रममा सन २०२३ मा अध्ययनको सिलसिलामा इजरायल गएका विपिन जोशी तत्कालीन समयमा इजरायल र हमास बिच गाजामा भएको युद्धमा परि हमासको कब्जामा परेका थिए । युद्ध बिराम पश्चात् हमासले बन्दी बनाएर राखेका इजरायली सैनिक तथा इजरायली जनता फिर्ता गर्ने क्रममा कंचनपुरका विपिन जोशी पनि परेका हुन् ।
बिहिवार साँझ भएको श्रद्धाञ्जली कार्यक्रममा बोल्दै अखिल (समाजवादी) मकवानपुरका इन्चार्ज तथा नेकपा मनहरी गापाका सेक्रेटरी सुर्य सीले ठूलो सपना र उद्देश्य बोकेर अध्ययनको सिलसिलामा इजरायल गएका विपिनले विदेशी भूमिमा सपना सँगै आफ्नो ज्यान गुमाउनु अत्यन्तै पिडादायिक र दुखद भएको र आफ्नो देशमा शिक्षा, स्वास्थ्य र रोजगारको ग्यारेन्टी नभएकोले विदेशिन बाध्य भएका विपिन जस्ता हजारौं नेपाली नागरिकले दिनप्रतिदिन श्रम शोषण, यौन शोषण, दमन, हिंसा लगायत कुनै न कुनै माध्यमबाट पिडित हुनुपरेकोले यो विषयमा सरकारले गम्भीर रुपमा सोच्नुपर्ने दाबी गरे ।























































