राक्सिराङ्गका युवाहरुले गरे श्रमदानबाट अस्थाई पुल निर्माण

मकवानपुर। मकवानपुरको राक्सिराङ्ग गाउँपालिका वडा नम्बर ६ खर्कन्डेटार स्थित लोथर खोलामा स्थानिय युवाहरूले अस्थाई पुल निर्माण गरेका छन । राक्सिराङमा आवातजावत सहजताको लागि पुल निर्माण गरिएको युवाहरुले बताए ।

राक्सिराङ गाउँपालिकाको वडा नं ६,७,८ ४,९ का स्थानीय बासिन्दा हिडडुल गर्नको लागि लोथर खोलाको बाटोमा अफ्ट्यारो परेपछी युवाहरु मिलेर पुल निर्माण गरिएको राक्सिराङ गाउँपालिका उपाध्यक्ष बनस्तम थिङले बताए ।

पुल निर्माण भए पछि उक्त बाटो हुँदै एम्बुलेन्स, बोलेरो , अटो , मोटर बाईक र स्थानियहरुलाई आवत जावतमा निक्कै राहत मिल्ने र राक्सिराङ्ग गाउँपालिकाको वडा नम्बर ६ र ७ मात्रै होइन ८ र ९ नम्बरका गरेर लगभग पाच हजार देखि दश हजार जनताले प्रत्यक्ष लाभ लिने राक्सिराङ गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष अक्कल बहादुर मोक्तानलले बताए ।

बर्षौ वर्षा पुलको लागि पहल गर्दा पनि बजेट नपरेको र लोथर खोलामा पुलको आश्वासन बाँढ्दै ठुला ठुला नेताहरु चुनाब जितेर संसद,मन्त्री बने तर जनताको दुख यथाबत रहेकाले आफ्नो अगुवाईमा स्थानिय युवाहरुसंग मिलेर पुल निर्माणमा जुटेको मोक्तानलले बताए । सामुहिक श्रम अभियानको अगुवाई गरेर भएपनी जनतालाई अस्थाई सुबिधा दिन पाँउदा आफुलाई खुशी मिलेको वडा अध्यक्ष मोक्तानले बताए ।

उक्त क्षेत्रमा पक्की पुल नहुँदा बर्खाको समयमा बर्सेनि यात्रीहरुले दुख खेप्दै आईरहेका र कैयौंले अकालमा ज्यान समेत गुमाउनु परेको तितो बिगत रहेको युवाहरुले बताए ।

स्थानिय वडा सरकार र युवाहरुबाट हिजो र आज दुईदिनको लगातारको प्रयासमा अस्थाई रुपमा भएपनी काठे पुल निर्माण गर्न सफल भएको र माथिल्ला सरकार र जनप्रतिनिधि भनेको चुनावमा मात्र गाउँ छिरेको युवाहरुले बताए ।

जनताको मत खाएर जाने माथिल्लो स्तरका जनप्रतिनिधिले बिकास निर्माणका योजना केवल चुनावी एजेन्डा बनाउने गरेको र स्थानिय तहका वडा सरकारलाई बजेट थोरै दिने र चेपुवामा स्थानिय सरकारलाई पार्ने गरेको भन्दै जनता अब सचेत हुने बेला भएको मोक्तानलले बताए ।

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.