पछिल्ला तीन महिनाभित्र प्रेस स्वतन्त्रता हननका ५९ घटना, सबैभन्दा धेरै आक्रमण र कुटपिट

पछिल्ला तीन महिनामा प्रेस स्वतन्त्रता हननका ५९ घटना घटेको प्रेस काउन्सिल नेपालले जनाएको छ । साउन १ गतेदेखि असोज ३१ गतेको अवधिमा सङ्ख्यामा प्रेस स्वतन्त्रता हननका घटना भएको काउन्सिलले जनाएको हो ।

सबैभन्दा धेरै आक्रमण र कुटपिटका ३४ घटना रहेको काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत एवम् प्रवक्ता दीपक खनालले जानकारी दिनुभयो । त्यसैगरी धम्की/दुर्व्यवहारका १०, पेसागत असुरक्षाका आठ, कब्जा/अवरोधका पाँच र नीतिगत बन्देजका दुई वटा घटना घटेको छ ।

प्रदेश अनुसार सबैभन्दा धेरै बागमतीमा ४४, मधेशमा ६, लुम्बिनीमा चार, कोशीमा तीन, सुदूरपश्चिममा एक वटा घटना घटेका छन् । लैङ्गिक आधारमा यस अवधिमा भएका घटनामा ४३ पुरुष र तीन महिला गरी ४६ जना पत्रकार पीडित भएका पाइएको छ ।

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.