अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिक महिलाको सवालमा नीति संवाद

मकवानपुर । मकवानपुरको हेटौडामा अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिक महिलाको सवालमा नीति संवाद कार्यक्रम भएको छ । मकवानपुर महिला उत्थान सामाजको आयोजनामा भएको कार्यक्रमा अनौपचारिक क्षेत्रका श्रमिकहरू प्रायः आधारभूत सुरक्षाविना काम गर्न बाध्य , कोषमा श्रमिकहरुको सहभागिता सुनिश्चित गर्नु राज्यको दायित्व लगायतको विषयमा छलफल भएको थियो ।

कार्यक्रममा भिमफेदी गाउँपालिका अध्यक्ष हिदम लामाले स्थानीय तहाहरुमा सामाजिक सुरक्षा कोषसँग सम्बन्धित प्रचार–प्रसार तथा आवश्यक पूर्वाधारका लागि बजेट विनियोजन गर्नुपर्ने बताए । हाम्रो संविधानको मर्मा बुझ्नुपर्ने किनभने जति छलफल गरेपनि गाउँपालिका र नगरपालिका जिम्मेवार भएन भने केही पनि नहुने बताए ।

जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित बहादुर घलानले भिमफेदी गाउपालिका र हिदम लामालाई धन्यवाद दिए । भीमफेदी गाउपालिकाले श्रमिकहरुको सुरक्षामा काम गर्नेमा निकै अगडी भएकोले राम्रो काम गरेको बताए ।

कुनैपनि राजनितिक दल सामाजबाद भन्द बहिरा नरहेको समेत बताए । संविधानले नै परिकर्पण गरेकै कुरा हो तर लागु गर्न चाहि गाहे भएको हो । उनले अरु ठाउँमा भन्द मकवानपुरमा अभियान चाडो चाडो लागु हुने पनि बताए । त्यसैले श्रमिकहरुको पक्षमा एक जुट भएर लाग्नुपर्ने बताए ।

कार्यक्रममा जिल्ला समन्य समिति मकवानपुर प्रमुख ललित बहादुर घलान, भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामा, मकवानपुर महिला उत्थान सामाज अध्यक्ष कमाला सुवेदी, कार्यक्रम संयोजक निशा लामा लगायत रहेको थियो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.