बस्तिपुर जेसीज मनहरी र लायन्स क्लब अफ हेटौंडा स्मारकको संयोजनमा भिमफेदीमा निःशुल्क आँखा शिविर

मकवानपुर । बस्तिपुर जेसीज मनहरी र लायन्स क्लब अफ हेटौंडा स्मारकको संयोजन तथा भीमफेदी गाउँपालिकाको मुख्य आयोजनामा मङ्सिर १ गतेदेखि ४ गतेसम्म सञ्चालन भएको निःशुल्क आँखा शिविर सफलतापूर्वक सम्पन्न गरिएको छ।गाउँपालिकाका सबै वडा समेटेर सञ्चालन गरिएको शिविरमा कुल ५९४ जनाले आँखा परीक्षण गराएका गाउँपालिका अध्यक्ष हिदम लामाले जानकारी दिए।

परीक्षणमध्ये २५ जनाको शल्यक्रिया गाउँपालिकाको अस्पतालमै प्राविधिक टोली र आवश्यक उपकरण ल्याई गरिएको थियो।शिविरमा नेपाल नेत्रज्योति संघ अन्तर्गत भरतपुर आँखा अस्पतालले प्राविधिक सहयोग प्रदान गरेको थियो भने मकवानपुर घर भई हाल अमेरिका बस्दै आउनु भएका गोपेन्द्र भट्टराई तथा उनका परिवारले आर्थिक सहयोग उपलब्ध गराएका थिए।

आज सम्पन्न भएको समापन कार्यक्रममा भीमफेदी गाउँपालिका उपाध्यक्ष संजीव श्रेष्ठ, भरतपुर आँखा अस्पतालका प्रमुख डा। पुष्पा गिरी श्रेष्ठ, नेत्रज्योति संघ केन्द्रीय कार्यालय प्रमुख डा। चेतराज पन्त, लायन्स क्लब अफ हेटौंडा स्मारकका अध्यक्ष जीवन छत्कुलि, बस्तिपुर जेसीज मनहरीका अध्यक्ष सन्तोष उप्रेती, नेपाल जेसीजका पूर्व उपाध्यक्ष सिनेटर तेजप्रसाद उप्रेती ९रमेश० तथा भीमफेदी गाउँपालिकाका वडा नं। २, ४, ५, ६ का वडाध्यक्षहरूको उपस्थिति रहेको थियो। कार्यक्रम स्वास्थ्य शाखा प्रमुख रामनाम थिङको सञ्चालनमा सम्पन्न भएको हो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.