मकवानपुर । मकवानपुरमा मेरो बुलन्द आवाज जुनियर सिजन–१ हुने भएको छ । आज एक प्रेस विज्ञप्ति जारी गर्दै मनको कुरा मञ्चसम्म भन्ने मूल नारा सहित मेरो बुलन्द आवाज जुनियर सिजन–१ पब्लिक स्पिकिङ कार्यक्रम हुन लागेको हो ।
पब्लिक स्पिकिङ ट्रेनिङ सेन्टर हेटौंडा र ड्रिम्स म्युजिक स्कुल हेटौँडाको साझा प्रयासमा सिजन–१ हुन लागेको पब्लिक स्पिकिङ ट्रेनिङ सेन्टर हेटौंडाका प्रमुख रुपक कालिराजले जानकारी दिए ।
मकवानपुर जिल्लामा पहिलो पटक पब्लिक स्पिकिङ रियालिटी शो आयोजना गर्न लागेको जानकारी गराउन पाउँदा हर्षित भएका उहाँले बताए । उहाँले भने,‘जिल्लाभरीका विद्यार्र्थीहरूलाई आत्म–विश्वास, अभिव्यक्ति क्षमता, वक्तृत्वकला र नेतृत्वगुण विकासमा सहयोग पुर्याउने उद्देश्यले यो कार्यक्रम कक्षा ६ देखि १० सम्ममा विद्यार्थीहरुलाई लक्षित गरी विद्यालयहरुमै पुगेर छनौट गरिने बताईएको छ । उहाँले मकवानपुर जिल्लाभरिका विद्यालयका उत्साही तथा इच्छुक विद्यार्र्थीहरुलाई यस कार्यक्रममा सहभागी हुन अनुरोध समेत गरे ।
कार्यक्रमले विद्यार्र्थीहरूलाई आफ्नो विचार खुलस्त अर्थात निर्धक्क व्यक्त गर्न, सामाजिक तथा शैक्षिक विषयमा बोल्न सिक्न तथा सार्वजनिक सहभागितामा अग्रसर हुन महत्वपूर्ण भूमिका निभाउने कार्यक्रमका निर्देशक अनन्त खुलालले बताए–‘अहिले मेघा अडिसनका लागि स्टुडियोको निर्माण अन्तिम चरणमा पुगिसकेको र प्रि—अडिसन २०८२ मंसिर १५ गतेदेखि शुरु हुनेछ ।’ प्रवेश शुल्क निशुल्क रहेको अडिसनमा करिब ५ सय जनाको सहभागिता हुने अपेक्षा गरिएको छ ।
आयोजकका अनुसार अडिसनमा विभिन्न क्षेत्रमा दक्षता हासिल गर्नु भएकाहरु व्यक्तित्वहरु निर्णायकका रुपमा रहेको छ । निर्णायकको रुपमा लामो समय खोजपत्रकारितामा सकृय देवराज पन्त रहनु भएको छ । आमसञ्चार तथा पत्रकारिता विषयमा मास्टर्स डिग्री गर्नु भएको वहाँ विभिन्न रेडियोहरुमा कार्यक्रम संयोजक, रेडियो स्टेशन मेनेजरका साथै, न्युज २४ टेलिभिजन, ग्यालेक्सी टेलिभिजनको बागमती व्युरो प्रमुख हुँदै सिधाकुरामा आवद्ध रहनुभएको छ । आमसञ्चार विषयमा प्रशिक्षक समेत रहनुभएको वहाँ हेटौंडा मल्टिमिडियाको प्रमुख समेत हुन ।
त्यस्तै, निर्णायकका रुपमा आधुनिक राष्ट्रिय माविका सह—प्रध्यानाध्यापक मालती पोखरेल रहेको छ । २०५८ साल देखि शिक्षण पेसामा आवद्ध पोखरेलले अङ्ग्रेजी विषयमा मास्टर्स डिग्री गरेको छ भने, मेल्टा मकवानपुरका कार्यसमितिका सदस्य, अङ्ग्रेजी भाषाका प्रशिक्षक समेत हुनु ।
यसैगरी, निर्णायकहरुमा तुलसी मेयर मोमोरियल माविका सहायक प्रिन्सीपल कमल नेपाल रहनु भएको छ । नेपाली भाषा शिक्षक समितिको कोषाध्यक्ष, १६ बर्षदेखि शिक्षक पेसामा आवद्ध रहेको, २०७४ सालमा अध्याय संयूक्त गजल संग्रह समेत प्रकाशन गर्नुभएका गजल मञ्च मकवानपुर सचिव, मुक्तक मञ्च मकवानपुर र साहित्य सङ्गम मकवानपुरको कार्यसमिति सदस्य रहनु भएको छ । निर्णायक नेपाल पूर्व रेडियोकर्मी समेत हुनुहुन्छ । अडिसन अवधिभर अतिथि निर्णायकहरु समेत रहने आयोजकले जनाएको छ ।
जुनियर सिजन १ का विजेतामा प्रथम् हुनेले नगद ५० हजार, शिल्ड प्रमाणपत्र, दोश्रो हुनेले नगद ३० हजार र तेश्रो हुनेले नगद २० हजारसहित शिल्ड, प्रमाणपत्र प्राप्त गर्नेछन् । जुनियर सिजन–१ कार्यक्रम सम्पन्न गर्न करीब १० लाख रुपैया खर्च हुने अनुमान गरिएको छ ।






















































