मनहरी। तत्कालीन नेकपा माओवादी केन्द्रका नेता तथा बागमती प्रदेशका पुर्व प्रदेश सभा सदस्य ओम ग्लानले तत्कालीन माओवादीहरुको साथ छोडेर कुलमानको पार्टीमा जाने चर्चा चलेको छ। तत्कालीन नेकपा माओवादी केन्द्र लगायतका पार्टीहरु मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीमा आबद्ध नहुने र अब कुलमान घिसिङको पार्टीमा जाने बजारमा हल्ला चलेको हो।
ग्यानको अबको बाटो कुलमान घिसिङको पार्टी उज्यालो नेपालमा लाग्ने योजना रहेको र लामो समय काम गरेको माओवादी आफुले छोड्नुको कारण पछि बताउने समेत हल्ला चलेको छ । ग्लान तत्कालीन माओवादी केन्द्रमा जनयुद्ध देखि लामो समय काम गरेका नेता हुन।
पछिल्लो समय राजनीतिमा भएको घटनाहरुले अब नयाँ बाटो लाग्नुपर्ने र जेनजीहरुको माग पुरानो पार्टीले पुरा गर्न नसकिने भएको कारणले कुलमान घिसिङको उज्यालो नेपाल पार्टीमा लाग्नेबारेमा ग्लानको निकै चर्चा छ।



































