मनहरी। मकवानपुरको मनहरीको दिगो कृषि सहकारी सस्थ लिमिटेडको अध्यक्षमा पुन: चन्द्र सिं स्याङ्तान चयन भएको छ। आज मनहरी गाउँपालिका वडा न-२ मा रहेकोे दिगो कृषि सहकारी सस्था लिमिटेडको १२ औ वार्षिक साधारण सभाबाट चन्द्र सि स्याङतानको अध्यक्षतमा सर्बसम्मत ९ जानको कार्यसमिति चयन भएको हो।
अज चयन भएको सम्पूर्ण कार्यसमितिलाई वडा अध्यक्ष राजकुमार पाख्रीनले सफल कार्यकालको बधाई तथा शुभकामना व्यक्त गरेको छ ।
नव गठित कार्य समितिहरु: अध्यक्ष चन्द्र सिं स्याङतान, उपाध्यक्ष दिल बहादुर बुलुन, सचिव: आत्मराम रुम्बा , कोषाध्यक्ष मनमाया घलान, सदस्य गोमा घलान,गणेश बहादुर स्याङबो, रामकुमार स्याङ्तान,रचना मुक्तान ,डिल माया थिङ् चयन भएको छ।
कार्यक्रममा ५जना उत्कृष्ट बचतकर्ता र ५जना ऋणीलाई सम्मान स्वरुप मायाको चिनो बितरण गरिएको सस्थाका सुचना अधिकारी आत्माराम रुम्बाले जानकारी दिए।
अगमी कार्ययोजनामा दुध संकलन डेरी सन्चालन गर्ने, दुध उत्पादन गर्ने किसानलाई सहुलियत दरमा ऋण उपलब्ध गराउने र प्रचलित ब्याजदरलाइ घटाउने , तथा शेयर सदस्य हरुको अवश्यकता अनुसार सम्बन्धित निकाय संग समन्वय गर्ने लगायतको काम गर्ने लगायत काम गर्ने रुम्बाले जनाएको छ।
दिगो कृषि सहकारी सस्थ लिमिटेडको अध्यक्ष चन्द्र सिं स्याङ्तानको सभापतिमा भएको कार्यक्रममा मनहरी गाउँपालिका वडा नम्बर २ का अध्यक्ष राजकुमार पाख्रिनको प्रमुख अतिथिमा भएको थियो।
कार्यक्रममा बिशिष्ट अतिथि सस्थापक अध्यक्ष हिरालाल स्याङ्तान, अतिथी वडा सदस्य चमेली माया थिङ,कमला बि.क, मनकामना मध्यवर्ती सामुदायिक वन उपभोक्ता समिती सचिव सुर्य बहादुर गोले, बलिराजा गोङ्बा मेन्दो टोल बिकास सस्थाका अध्यक्ष बलिराज गोङ्बा लगायतको उपस्थित रहेको थियो।




































