गुप्तेश्वर महादेव मन्दिरमा आगामी फागुन ३ गतेदेखि शिव महापुराण हुने

हेटौडा। गुप्तेश्वर महादेव मन्दिर संरक्षण तथा व्यवस्थापन समिति हेटौडा–१४ मयुरधापले आगामी फागुन ३ गते शिवरात्रीको अवसर पारेर विशेष पूजाआजा, आराधना र शिव महापुराण कथावाचन औपचारिकरूपमा सुरु हुने घोषणा गरेको छ। आज पत्रकार सम्मेलन मार्फत मन्दिरको निर्माण, व्यवस्थापन तथा क्षेत्रको चिरपुरातन जग्गा विवादबारे स्पष्टीकरण सहित महत्वपूर्ण जानकारी र कथावाचन सोही वडामा जन्मिएकी देवी सुमी मानव माताद्वारा हुने बताइएको छ।

कार्यक्रममा अतिथि राजनीतिक दलका नेता रामबहादुर लामाले मन्दिर क्षेत्र सुरुदेखिकै विवादको कारण समिक्षा गरे। उनले भने, “यो मन्दिर सुरुदेखि नै विवादास्पद थियो। २०४४ सालमा भएको कित्ताकाट, २०४६ मा दियाल भाषी उठौती सट्टाभरना, त्यसपछिका नामसारी र क्रमागत जग्गा कारोबार नै मन्दिर विवादको जरो हो।”

गुप्तेश्वर महादेव मन्दिर संरक्षण तथा व्यवस्थापन समितिका सचिव कृष्ण बहादुर थपलियाले भने, “हामीले २०८२ असोज २ गते मन्दिर दर्ता प्रक्रिया पूरा गरिसकेका छौँ। चारकिल्ला छुट्याएर रहेका साढे ७ कठ्ठा सरकारी जग्गालाई नै आधार मानेर मन्दिर निर्माण अघि बढ्छौँ।” उनले विगतका विवाद पुनः खोतल्न आवश्यक नरहेको र “सरकारी स्वामित्वको जग्गा नै स्थायी समाधान हो” भन्दै नयाँ समितिको लक्ष्य स्पष्ट पारे।

कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, स्थानीय अगुवाहरू, बुद्धिजीवी तथा पत्रकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।मन्दिरको ऐतिहासिक विवाद समाधानतर्फ सकारात्मक बहस सुरु भएको भन्दै सहभागीहरूले समितिलाई पारदर्शिता र सहमति मार्फत अगाडि बढ्न सुझाव दिएका थिए।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.