विश्व एड्स दिवसको अवसरमा मकवानपुरको मनहरी लगायत विभिन्न ठाउहरुमा जनचेतनामूलक तथा सहयोगमुखी कार्यक्रमहरू सम्पन्न

मनहरी। ३८औँ विश्व एड्स दिवसको अवसरमा बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय अन्तर्गत बागमती प्रदेश स्वास्थ्य निर्देशनालयले मकवानपुरको मनहरी लगायत मकवानपुर जिल्लाका विभिन्न गाउँपालिकामा जनचेतनामूलक तथा सहयोगमुखी कार्यक्रमहरू भव्य रूपमा सम्पन्न गरेको छ।

एड्सबारे सही सूचना प्रवाह, व्यवहार परिवर्तन, भेदभाव न्यूनीकरण तथा एचआईभी प्रभावित व्यक्तिहरूलाई सहयोग पुर्‍याउने उद्देश्यले पोषण शिक्षा तथा पोषण सामग्री वितरण, कलंक तथा भेदभाव न्यूनीकरण कार्यक्रम, न्यानो कपडा वितरण र सडक नाटकजस्ता गतिविधिहरू सञ्चालन गरिएको ए एज एफ(AHF) प्रतिनिधि तथा परामर्शकर्ता अमृत लामिछानेले बताए ।

 

कार्यक्रमहरूलाई सफल बनाउन AHF Nepal, स्थानीय निकायहरू, स्वास्थ्य कार्यालय, समुदाय–आधारित संस्थाहरू तथा अन्य सामाजिक संघ–संस्थाहरूको महत्वपूर्ण सहभागिता रहेको लामिछानेले बताए । यी संस्थाहरूले लामो समयदेखि एचआईभी/एड्स क्षेत्रमा  गर्दै आएका कामलाई समुदायमा अझ प्रभावकारी रूपमा परिचित गराउन सहयोग गरेको समेत बताए

सडक नाटकमा स्वास्थ्य विज्ञान विद्यार्थीको प्रस्तुति

विविध स्थानहरूमा प्रस्तुत गरिएको सडक नाटक (Street Drama) ले समुदायमा एड्ससम्बन्धी भ्रामक धारणाहरू हटाउन तथा रोकथाम र उपचारसम्बन्धी सन्देश फैलाउन महत्वपूर्ण योगदान पुर्याएको र नाटक प्रस्तुत गर्ने कलाकारहरू मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान (Madan Bhandari Academy of Health Sciences) का विद्यार्थीहरू रहेको बताए ।

कार्यक्रमको अध्यक्षता तथा विश्व एड्स दिवसको नारा

समग्र कार्यक्रमहरूको अध्यक्षता स्वास्थ्य निर्देशनालय, बागमती प्रदेशका निर्देशकले गरेका थिए। उनले यस वर्षको विश्व एड्स दिवसको नारालाई विशेष रूपमा उल्लेख गर्दै—
“Overcoming disruption, transforming the AIDS response”
को नेपाली रूपान्तरण “अवरोधहरू पार गरौँ, एड्स प्रतिकार रूपान्तरण गरौँ”
भन्ने सन्देश सहभागी सबैमा प्रवाह गरेका थिए। उसले  समुदायमा एकताबद्ध प्रयासमार्फत एचआईभी/एड्स प्रतिकारलाई रूपान्तरण गर्दै प्रभावकारी परिणाम हासिल गर्न सकिने विश्वास व्यक्त गरेको थियो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.