मनहरीमा मनहरी–२ बाट लापा कार्यक्रम सुरु

मनहरी । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर २ बाट स्थानीय अनुकूलन कार्ययोजना—लापा तर्जुमा सम्बन्धी जोखिम तथा सङ्कटासन्नता विश्लेषण कार्यशाला सुरु गरिएको छ। मंगलबार मनहरी–२ को वडा कार्यालयमा, मकवानपुर महिला उत्थान समाजको साझेदारीमा कार्यशाला मनहरीमा वडा नम्बर २ बाट सुरु गरेको हो।

कार्यशालामा स्थानीय जोखिम पहिचान, जलवायु परिवर्तनका प्रभाव, विपद्–संवेदनशीलता, तथा सम्भावित अनुकूलन उपायहरू विषयमा समूहगत छलफल गरेको छ।

यसअघि सोही कार्यक्रम दुई दिनसम्म हेटौंडामा सम्पन्न भइसकेको छ। अब मनहरीका सबै वडाहरुमा लापा तर्जुमा सम्बन्धी कार्यशाला सञ्चालन हुँदै जाने आयोजक संस्थाले जनाएको छ।

मनहरी २ का अध्यक्ष राजकुमार पाख्रीनको सभापतित्वमा कार्यक्रम भएको थियो।
कार्यक्रममा टोल विकास समितिका प्रतिनिधि, वडाका जनप्रतिनिधि, स्थानीय सरोकारवाला तथा समुदायका सदस्यहरूको सहभागीता थियो।

सहभागीहरूले आफ्ना वडामा रहेका प्रमुख जोखिम, विपद्–प्रवण क्षेत्र, प्रभावित समूह तथा समाधानका प्राथमिकताहरू प्रस्तुत गरे।

सहभागितामूलक प्रक्रियाबाट तयार हुँदै गरेको यो कार्ययोजनाले मनहरी गाउँपालिकाको दीर्घकालीन जलवायु अनुकूलन तथा विपद् व्यवस्थापन योजनालाई सुदृढ बनाउने अपेक्षा गरिएको छ।

कार्यक्रममा मनहरी–२ का वडाध्यक्ष राजकुमार पाख्रीन, तिनतले झुल्यान टोल विकास संस्थाका तथा दिगो कृषि सहकारी संस्थाका अध्यक्ष चन्द्रसिं स्याङ्तान, सीता माविका प्राध्यापक विशाल घलान, वडाका शाखा प्रतिनिधिहरू तथा नेकपा एमाले मनहरी–२ का अध्यक्ष आइडी वाइवा लगायतको उपस्थिति रहेको थियो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.